काठमाडौँ - वाई वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा अन्र्तगत आज पनि दुई खेल हुदैछन्। त्रिवि मैदानमा सुदूरपश्चिम प्रदेश र प्रदेश १ भिड्दा मुलपानी मैदानमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश आमने सामने हुदैछन्।
सुदूरपश्चिम लगातार चौथो जितको खोजीमा छ भने प्रदेश १ दोस्रो जितको लक्ष्यमा छ। सुदूरले यसअघिका ३ वटै खेल जितेर अंक तालिकाको शिर्ष स्थानमा रहेको छ भने प्रदेश एकले १ मा जित र १ मा पराजय व्यहोरेको छ।
यसअघि भएका ३ वटै खेलमा पराजित गण्डकी पहिलो जितको खोजीमा रहेको छ भने लुम्बिनी दोस्रो विजयको लक्ष्यमा रहेको छ।
लुम्बिनीले यसअघि भएका २ खेलमा १ मा हार र १ मा जित निकालेको छ।