गाईजात्राको तयारीमा जुटे जोगिन्दर

काठमाडौँ - जोगिन्दरको उपनामले परिचित शिव शंकर रिजालले आउँदो गाईजात्राको सामग्री तयारीमा जुटेका छन्। साता यता आफ्नो गाईजात्राको रेकर्डिङमा व्यस्त जोगिन्दरले छायांकन समेत थालेका छन्।

उनले शनिबार पार्टी प्यालेससँगै विभिन्न स्थानमा गाईजात्राको सामग्री छायांकन गरिरहेका छन्। ‘जोगिन्दर बोले प्रणामजी’ को पहिलो एपिसोडमै तत्कालीन उर्जा मन्त्री प्रकाश शरण महतलाई गेस्ट बनाएर मैनबत्ती बालेर कार्यक्रम गरेपछि उनी प्रस्तोताको रुपमा स्थापित नै भएका थिए।

त्यसयता उनले जोगिन्दरको क्यारेक्टरमा रहेर कार्यक्रम गर्दै आएका छन्। पान पसलेको रुपमा प्रस्तुत हुने उनले आफ्नो क्यारेक्टरलाई मधेशको प्रतिनिधिको रुपमा अगाडि ल्याएका छन्। जोगिन्दरको उपनामले चर्चामा आएका शिव शंकरलाई त्यो नाम र क्यारेक्टर एक सर्ट फिल्मले दिएको हो।

पछिल्लो समय ‘जोगिन्दर मुखियाजी’ कार्यक्रम ल्याइरहेका उनले गाईजात्रामा जोगिन्दर बनेर नै दर्शक समक्ष प्रस्तुत हुनेछन्। २०५९ सालमा पहिलोपटक गाईजात्राको क्यासेट निकालेका जोगिन्दरले त्यसलाई अहिलेसम्म निरन्तरता दिइरहेका छन्।

‘हाम्रो कर्म नै यहीँ हो। हास्यकलाकारहरूका लागि गाईजात्रा उत्सव हो। महान पर्व हो। त्यसैले यसलाई लक्षित गर्दै कर्म गर्न छोड्दिन’ उनले भने। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×