काठमाडौँ - भारतका दुई ठूला मल्टिप्लेक्सबीच मर्जरको घोषणा भएको छ। भारतीय संचारमाध्यमका अनुसार पीभीआर र आइनक्स लिजरले दुई ठूला मल्टिप्लेक्सबीच मर्जर गर्ने घोषणा गरेका हुन्। कोभिड-१९ को महामारीले थलिएको फिल्म उद्योगलाई जोगाउनलाई उनीहरुले यस्तो कदम चाल्नु परेको बताइएको छ।
यी दुईबीच मर्जर भए १०८ सहरमा १ हजार ५०० पर्दा हुनेछन्। उनीहरुले मर्जरको घोषणा गर्दै यो व्यवसियक एकताले दुवै कम्पनीको कार्य क्षमता बढाउने, नयाँ बजारको खोजी गर्ने र खर्च कटौतीमा सघाउ पुर्याउने जानकारी दिएका छन्।