काठमाडौँ - अर्जेन्टिनाका फरवार्ड लियोनल मेस्सीले यस वर्षको बालोन डी'ओर अवार्ड करिम बेन्जिमाले जित्ने बताएका छन्।
फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार मेस्सीले यस सिजन बेन्जिमाले उत्कृष्ट प्रदर्शन गरेको कारण बालोन डी'ओरको हकदार रहेको बताएका हुन्।
मेस्सीले कीर्तिमानी ७ पटक बालोन डी'ओर अवार्ड जितेका छन्। 'बेन्जेमाको यो एक शानदार वर्ष रह्यो। मलाई लाग्छ कि उनले बालोन डी'ओर जित्नेमा कुनै शंका छैन,' उनले भनेका छन्।
फ्रान्सका स्ट्राइकर बेन्जिमाले यस सिजन रियल मड्रिडका लागि च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेका छन्।