काठमाडौँ - एएफसी एसियन कप २०२३ को छनोटमा भारतले लगातार दोस्रो जित निकालेको छ। भारतले अफगानिस्तानमाथि २-१ को रोमाञ्चक जित निकालेको हो।
खेलको अन्त्यतिर ३ गोल सम्भव हुँदा भारत सफल भएको हो। कोलकातास्थित विवेकानन्दा युवा भारती क्रिरनगानमा शनिबार राति भएको खेलमा भारतको जितमा कप्तान सुनिल क्षेत्री र साहल समादले गोल गरेका थिए। अफगानिस्तानका जुवायर एमिरीले एक गोल फर्काएका थिए।
प्रतिस्पर्धात्मक खेलको ८६औं मिनेटमा कप्तान सुनिल क्षेत्रीको गोलबाट भारतले सुरुवाती अग्रता लिएको थियो। ८८औं मिनेटमा जुवायर एमिरीले गोल गर्दै खेललाई १-१ गोलको बराबरीम ल्याए। इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा साहल समादले गोल गर्दै भारतलाई रोमाञ्चक जित दिलाएका थिए।
यो जितसँगै समूह डी मा भारत दुइै खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ। समान ६ अंक नै रहेपनि हङकङ गोलअन्तरमा शीर्षस्थानमा छ। अफगानिस्तान र कम्वोडियाले अंकको खाता खोल्न सकेको छैन।