नेपालले दशरथ रंगशालामा ५०औं खेल खेल्दै

काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिमले घरेलु मैदान दशरथ रंगशालामा बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दा दशरथ रंगशालामा ५० औं खेल हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र पाकिस्तानबीच खेल बुधबार बेलुकी ५ बजे सुरु हुनेछ। नेपालको १ मात्र अन्तर्राष्ट्रिय रंगशालामा दशरथ रंगशालामा नेपालले अहिलेसम्म ४९ खेल खेलेको छ।

नेपालले दशरथ रंगशालामा पहिलो पटक सन् १९८४ मा खेलेको थियो। दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको करिब ४ दशकमा नेपालले दशरथ रंगशालामा ५० खेल खेल्न लागेको हो।

नेपालले दशरथ रंगशालामा १९८४ मा पहिलो साउथ एसियन गेम्समा माल्दिभ्स विरुद्ध खेलेको थियो। यो खेल नेपालले ४-० ले जितेको थियो। त्यस खेलमा गणेश थापाले २ तथा रुपक राज शर्मा र कृष्ण थापाले १-१ गोल गरेका थिए।

दशरथ रंगशालामा नेपालले ४९ खेल खेल्दा ५७ गोल गरेको छ। दशरथ रंगशालामा भरत खवास र अन्जन विष्टले १/१ ह्याटि्रक गरेका छन्।

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको प्रतिबन्ध फुकुवा भएपछि नेपाल आउन लागेको पाकिस्तानसँग नेपालले यसअघि १६ पटक खेलेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×