वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड विजयी

काठमाडौँ  - घरेलु टोली वेस्ट इन्डिजसँगको दोस्रो एकदिवसीय क्रिकेटमा न्युजिल्यान्ड विजयी भएको छ।

ब्रिजटाउनमा आज बिहान सकिएको खेलमा न्युजिल्यान्ड ५० रनले विजयी भएसँगै तीन खेलको शृङ्खलामा १-१को बराबरी भएको छ।

न्युजिल्यान्डले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ३५ ओभर ३  बलमा १ सय ६१ रनमा अलआउट भयो। उसका याननिची कारियहले ५२ रनको अर्धशतकीय पारी खेलेपछि टोलीलाई जिताउन सकेनन्।

न्युजिल्यान्डकाा टिम साउथीले ४ तथा ट्रेन्ट बोल्टले ३ विकेट लिएका थिए। मिचेल स्टानरले १ विकेट लिए।

त्यसअघि पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले ४८ ओभर २ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो। उसका फिना एलेनले ९६ रनको अर्धशतकीय पारी खेलेका थिए।

घरेलु टोलीका केभिन सिन्केलियरले ४ तथा जासन होल्डरले ३ विकेट लिएका थिए। अकिल होसेन २ तथा अल्जारी जोसेपले १ विकेट लिएका थिए। पहिलो खेलमा वेस्ट इन्डिज ५ विकेटले विजयी भएको थियो। तेस्रो तथा निर्णायक खेल भोलि राति हुनेछ।

यसअघि भएको तीन खेलको टी-२० शृङ्खला न्युजिल्यान्डले २-१ ले जितेको थियो। तेस्रो टी-२० मा ८ विकेटले विजयी हुँदै घरेलु टोली वेस्ट इन्डिजले शृङ्खला क्लिन स्वीप हुनबाट जोगाएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×