मड्रिड डर्बीमा रियालमाथि एथ्लेटिकोको जित

काठमाडौँ -  डिएगो सिमोनीको एट्लेटिको मड्रिडले आइतबार राति स्पेनिस ला लिगामा उपाधि विजेता रियाल मड्रिडलाई १–० ले हराएको छ। जितसँगै एट्लेटिकोले शीर्ष चारमा रहेर च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ। 

एट्लेटिकोले घरेलु मैदानमा यानिक कारास्कोको गोलबाट ४०औं मिनेटमा अग्रता लिएको थियो। त्यही गोल एट्लेटिकोलाई तीन अंक जोड्न पर्याप्त बन्यो। 

जितसँगै ३५ खेलबाट ६४ अंक जोडेको एट्लेटिको मड्रिड चौथो स्थानमा छ। लिगमा ९ अंकको खेल बाँकी हुँदा एट्लेटिकोले पाँचौं स्थानको रियाल बेटिसलाई ६ अंकले पछाडि पारेको छ। एट्लेटिको तेस्रो स्थानको सेभियाभन्दा एक अंकले पछाडि छ। 

पराजित रियालले यसअघि नै उपाधि जितिसकेको छ। रियालले अब २८ मेमा च्याम्पियन्स लिगको उपाधिका लागि लिभरपुलसँग प्रतिस्पर्धा गर्दै छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×