मेक्सिकोमाथि उरुग्वेको सहज जित

काठमाडाैँ - मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा शुक्रबार उरुग्वेले मेक्सिकोलाई ३-० गोलले हराएको छ।

अमेरिकामा भएको खेलमा उरुग्वेका एडिन्सन काभानीले २ र माटियास भेसिनोले १ गोल गरेका थिए। भेसिनोले ३५ औँ मिनेटमा अग्रता दिलाएका थिए।

काभानीले ४६ र ५३ औँ मिनेटमा गोल गरेका थिए। सन् २०२२ मा उरुग्वे खेलेका सबै ५ खेलमा अपराजित रहेको छ। मेक्सिकोले भने ९ खेलपछि पहिलो हार व्यहोरेको हो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×