मन्त्री आलेद्वारा उपचारका लागि आर्थिक सहयोग प्रदान

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले लामो समयदेखि खुट्टाको समस्या भएर उपचार गर्न नसकेका डोटीको दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ४८ वर्षीय इन्द्रबहादुर साउदलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन्। आज शुक्रबार मन्त्रालयमा उपचारका लागि सहयोगको अपेक्षासहित आउनुभएका साउदलाई मन्त्री आलेले आफ्नो व्यक्तिगत तर्फबाट रु १५ हजार प्रदान गरेका हुन्। 

साउदको करिब १२ वर्ष पहिले दायाँ खुट्टामा चोट लागेको र अहिले आएर उक्त चोटकै कारण दाहिने खुट्टामा एक्टीनो माइकोसिस (ढुसी) नामक सङ्क्रमण देखिएको र खुट्टानै काट्नुपर्ने अवस्था देखिएको राष्ट्रिय ट्रमा सेन्टरका चिकिसकले जानकारी दिएपछि साउद उपचारका लागि आर्थिक सहयोग माग्न मन्त्रालय पुगेका थिए। मन्त्री आलेले हाललाई परीक्षणका लागि भन्दै उपचार सहयोग दिएको र उहाँको थप उपचारका लागि आफूले पहल गर्ने बचनबद्धता व्यक्त गर्नुभएको मन्त्री आलेको स्वकीय सचिवालयले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×