काठमाडौँ - सन् २०१७ की मिस वर्ल्ड मानुषी छिल्लरले चलचित्र 'पृथ्वीराज' मार्फत बलिउडमा डेब्यु गर्ने भएकी छिन्। यशराज फिल्म्सको ब्यानरमा बन्ने यस फिल्ममा अक्षय कुमारको मुख्य भूमिका रहने छ। फिल्ममा मानुषी अक्षय कुमारको जोडीको रुपमा देखिने छिन्।
यस फिल्मको कथा तथा निर्देशन चन्द्रप्रकाश द्विवेदीको रहने छ। यसलाई आदित्य चोपराले निर्माण गर्न लागेका हुन्। यस फिल्ममा मानुषी र अक्षय कुमारका अलावा सन्जय दत्त, सोनु सूद, ललित तिवारी, लगायतका कलाकारहरुको अभिनय रहेको छ।