काठमाडौं - पर्सा जिल्लाको विरगंज महानगरपालिका–१६ स्थित सीमा ईलाकाबाट चैत्र ४ गते करीव २ लाख ५७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद भएको छ ।
भारतबाट अवैध रुपले चार वटा साईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको किराना सामान र लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजले बरामद गरेको हो । बरामद सामान विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ ।