'प्रेम गीत ३' फागुनमा आउने

काठमाडौँ। प्रदर्शनमा आउनु अघि नै चर्चामा रहेको नेपाली चलचित्र 'प्रेम गीत ३'को प्रदर्शनी मिती घोषणा गरिएको छ। नेपाली र हिन्दी भाषाामा डबिङ भएको चलचित्र आगामी फागुन १३ गतेबाट प्रदर्शनमा आउनेछ।  निर्देशक/ निर्माता सन्तोष सेनले सामाजिक सञ्जालको माध्यमबाट चलचित्रको प्रदर्शनी मिती घोषणा गरेका हुन्। चलचित्रमा  प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवा आदि कलाकारहरुको अभिनय देख्न सकिन्छ। चलचित्रको कथा छेतेन गुरुङले लेखेका हुन्। अभिनेता प्रदीप खड्काले पनि आफ्नो सामाजिक सञ्जालमा चलचित्रको पोस्टर शेयर गर्दै प्रदर्शनी मिती बारे जानकारी दिएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×