काठमाडौँ- डुसान भ्लाहोभिच र डेनिस जाकारिआको एक–एक गोलको मद्दतले युभेन्ट्सले इटालीको सिरी ए मा हेलास भेरोनालाई आइतबार २–० ले हराएको छ। योसँगै टिम शीर्ष चारमा उक्लेको छ।
जाकिरिआले डेब्युमै गोल गरे। उनी फियारेन्टिनाबाट युभेन्ट्स आएका हुन्। यो जितपछि युभेन्ट्स र शीर्ष स्थानमा रहेको इन्टर मिलानबीचको दूरी आठ अंक भएको छ।
आइतबारकै अन्य खेलमा दोस्रो स्थानमा रहेको नेपोलीले भेनेजियालाई २–० ले हरायो। नेपोलीको ५२ अंक छ। इन्टरको भने ५३ अंक रहेको छ।