काठमाडौँ - विश्व नम्बर १ डानिल मेदभेदेव युएस ओपन टेनिसकाे चाैथाे चरणबाट बाहिरिएका छन्। रसियन खेलाडी मेदभेदेव आज बिहान सम्पन्न खेलमा अस्ट्रेलियाका निक कर्गियाेससँग ३-१ काे सेटमा पराजित हुँदै बाहिरिएका हुन्।
उनले आर्थर एस स्टेडियममा भएकाे खेल ६-७ (११-१३), ६-३, ३-६ र २-६ ले गुमाए। किर्गियाेसले क्वार्टरफाइनलमा रुसकै करेन खाचानोभकाे सामना गर्नेछन्।
खाचानोभ स्पेनका पाब्लो क्यारेनो बुस्टालाई ४-६, ६-३, ६-१, ४-६ र ६-३ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेका हुन्।