सूर्यविनायकमा पूजा गर्दै ‘छक्का पञ्जा ४’ घोषणा

काठमाडौँ - फिल्म ‘छक्का पन्जा ४’ बन्ने घोषणा भएको छ। फिल्मको ‌औपचारिक घोषणासँगै छायाङ्कन समेत सुरु भएको छ।

सोमवार भक्तपुरस्थित सूर्यबिनायक मन्दिरमा फिल्मको शुभमुहूर्त गर्दै छायाङ्कन सुरु भएको हो। दीपकराज गिरी र दीपाश्री निरौलाले फिल्मको शुभसाइत गरेका छन्।

आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने फिल्मलाई हेमराज बिसीले निर्देशन गर्नेछन्। यसअघिका छक्का पन्जाका सिरिजमा दीपाश्री निरौलाको निर्देशन रहेको थियो।

फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, मलिना जोशी, केदार घिमिरे (माग्रे बुढा),निर शाह, निर्मल शर्मा, राज आचार्य लगायतका कलाकारहरूको अभिनय रहनेछ।

दीपक-दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन्। फिल्मलाई आगामी तिहारमा प्रदर्शन गर्ने निर्माण टिमको तयारी रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×