काठमाडौँ - फिल्म ‘कबड्डी ४’ रिलिज भएको ३ साता नाघेको छ। रामबाबु गुरुङले निर्देशन गरेको यस फिल्मले धमाकेदार कमाई गर्दै सबैधन्दा धेरै कमाउने नेपाली फिल्म बनिसकेको छ।
यस फिल्मले पहिलो सातामा धमाकेदार कमाई गरेरै रेकर्ड राख्न सफल भएको थियो। ३ सातामा आइपुग्दा यस फिल्मले २१ करोड ३७ लाख कमाउन सफल भएको छ। यससँगै यो फिल्म सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको हो।
फिल्मका वितरकका अनुसार यस फिल्मले एक सातामा १५ करोड कमाउन सफल भएको थियो। दुई सातामा आइपुग्दा १८ करोड कमाई पुर्यायो। त्यसपछि रिलिजको १६ दिनमा आइपुग्दा २० करोड कमाउन सफल भयो। अहिले ३ सातामा आइपुग्दा २१ करोड कमाई नाघेको छ। अब ४ सातामा आइपुग्दा २२ करोड कमाई गर्ने अनुमान गरिएको छ।