पिएसजीको जितमा नेमार र एम्बाप्पेको गोल

काठमाडौँ - पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा बुधबार राती टोलसलाई ३-० ले पराजित गरेको छ। नयाँ प्रशिक्षक क्रिस्टोफ गाल्टियरको प्रशिक्षणमा पीएसजीले अपराजित यात्रा कायम राखेको छ ।

पिएसजीका लागि नेमार, किलियन एमबाप्पे र जुवान बर्नाटले गोल गरेका थिए। नेमारले ३७औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए। एमबाप्पेले ५०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। दुवै गोलका लागि लियोनल मेस्सीले असिस्ट गरेका थिए।

यस्तै बर्नाटले इन्जुरी टाइममा गोल गरेका थिए। सिजनको चौथो जितपछि ५ खेलबाट १३ अंक जोडेर पीएसनी शीर्ष स्थानमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×