पाकिस्तानी पख्तुनख्वाबाट वेपत्तामध्ये एक तिहाइमात्र घर फिर्ता

एजेन्सी - सन् २०११ को मार्चदेखि खैबर पख्तुनख्वामा वेपत्ता आठ हजार ५०० पाकिस्तानी नागरिकमध्ये एक तिहाइ मात्र घर फर्किएका स्थानीय सञ्चार माध्यमहरूले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको अनुसन्धानका लागि गठित आयोगलाई उद्धृत गर्दै जानकारी गराएका छन्। 

मार्च २०११ देखि द्वन्द्वमा वेपत्ता पारिएका आठ हजार ४६३ नागरिकमध्ये तीन हजार २८४ जना मात्र घर फर्केका पाकिस्तानी प्रभात पत्रिकाले आयोगको रिपोर्ट उद्धृत गर्दै जानकारी गराएको छ।
 
पाकिस्तानी उक्त पत्रिकाले अनुसन्धान आयोगले शुक्रबार इस्लामाबाद उच्च न्यायालय (आईएचसी) मा पेश गरेको प्रतिवेदनलाई उद्धृत गरी उक्त जानकारी गराएको हो। 

वेपत्ता पारिएका व्यक्तिहरूको खोजी गर्न सन् २०११ मा आयोगको स्थापना गरिएको थियो। आयोगले सन् २०११ मार्चदेखि सन् २०२२ फ्रेब्रुअरी २८ सम्मको झण्डै एघार वर्षको अवधिमा ८ हजार ४६३ उजुरी परेको प्रतिवेदनमा जनाएको छ। यीमध्ये छ हजार २१४ मुद्दामाथि सुनुवाई भइसकेको छ भने दुई हजार २४९ मुद्दा अझै अनुसन्धानको क्रममा रहेका प्रभातले उल्लेख गरेको छ  

उक्त रिपोर्टले ३,२८४ वेपत्ता व्यक्तिहरूलाई खोजी गरी उनीहरू घर फर्किएको जनाएको छ। 

उक्त रिपोर्टले बताएअनुसार सन् २००७ देखि सन् २००९ को बीचमा वेपत्ता मानिसहरूको बढ्दो संख्याका प्रमुख कारणहरू तेह्रेक–आई–तालिबान पाकिस्तान (टीटीपी) विरुद्ध सैन्य परिचालन, खैबर पख्तुनख्वामा लगातार हवाई आक्रमण र संयुक्त राज्य अमेरिका विरुद्धको युद्धमा भाग लिन गएका पाइएको बताइएको छ। 

यसैबीच, आईएचसीका मुख्य न्यायाधीश अथार मिनल्लाले आयोगले बलपूर्वक बेपत्ता पारिएका व्यक्तिलाई दोषी ठहर गर्दै कुनै पनि व्यक्तिलाई कारबाही नगरेको बताए। 

न्यायाधीश मिनल्लाले अर्को सुनुवाइद्वारा हराएका व्यक्तिहरूको सम्बन्धमा अवकाशप्राप्त न्यायाधीश कमल मानसुर आलमको रिपोर्ट पेश गर्न आयोगलाई निर्देशन दिएको प्रभातले जनाएको छ। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×