काठमाडौँ - स्पेनी ला लिगामा बार्सिलोनाले शानदार जित हात पारेको छ। गएराति सम्पन्न खेलमा उसले एथलेटिको बिलबाओविरुद्ध ४-० को जित हात पारेको हो।
बार्सिलोनाको जितमा रोबर्ट लेवनडोस्की, ओसमन डेम्बेले, सर्बियो रोबर्टो र फेरान टोरेसले १/१ गोल गरेका थिए। यो जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसँगको दूरी पनि ३ अंकमा छोट्याएको छ। अन्य खेलमा एटलेटिको म्याड्रिडले रियल बेटिसलाई २-१ ले हराएको छ।
योसँगै ऊ तेस्रो स्थानमा उक्लिएको छ। यस्तै, आल्मेरियाले भिल्लारियललाई २-१ ले पराजित गरेको छ। इस्पनयोल र एल्चेले २-२ तथा जिरोना र ओसासुनाले १-१ को बराबरी खेलेका छन्।