मकवानपुरका अशक्तलाई घरमै नागरिकता प्रदान 

मकवानपुर । मकवानपुरको  मनहरि गाउँपालिकाका मानसिकरुपमा  अशक्त ३२ वर्षीया लिलावती गिरीलाई घरमा पुगेर नागरिकता वितरण गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीसहितको टोलीले सो गाउँपालिकाको वडा नं ९ स्थित ज्यामिरेमा पुगेर गिरीलाई नागरिकता प्रमाणपत्र दिएका हुन् । सो अवसरमा प्रजिअ पाण्डेले  अशक्त गिरीले सरकारबाट प्राप्त हुने सबै सुविधा पाउने बताए ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×