वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिजका लागि भारतीय टोलीको घोषणा, कोहली टिममा परेनन्

काठमाडौँ - वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिजका लागि भारतीय टोलीको १८ सदस्यीय टोली घोषणा गरिएको छ। जुलाई २९ बाट सुरु हुने ५ खेलको सिरिजमा विराट कोहलीलाई राखिएको छैन। विराटको बारेमा धेरै अड्कलबाजी गरिएको थियो, अब यो स्पष्ट छ कि उनी टी-२० वा एकदिवसीय सिरिज खेल्न वेस्ट इन्डिज जाने छैनन्।

कोहलीका अलावा एकदिवसीयका नम्बर १ फास्ट बलर जसप्रित बुमराहलाई पनि टी-२० सिरिजबाट विश्राम दिइएको छ। बुमराहले इंग्ल्याण्ड विरुद्धको ओभल एकदिवसीयमा १९ रन दिएर ६ विकेट लिएका थिए। शल्यक्रियापछि केएल राहुल पनि टोलीमा फर्किएका छन्।

यसबाहेक लेग स्पिनर युजभेन्द्र चहललाई पनि सिरिजबाट विश्राम दिइएको छ। उनको स्थानमा रवि बिश्नोईलाई मौका दिइएको छ। रविचन्द्रन आश्विन पनि टिममा फर्किएका छन्। यी बाहेक स्पिनर अक्षर पटेल र कुलदीप यादवलाई पनि टोलीमा छनोट गरिएको छ। तर, केएल राहुल र कुलदीपले फिटनेस टेस्ट पास गर्नुपर्नेछ।

वेस्ट इन्डिज भ्रमणका लागि भारतीय टोलीमा रोहित शर्मा (कप्तान), इशान किशन, केएल राहुल, सूर्यकुमार यादव, दीपक हुडा, श्रेयस अय्यर, दिनेश कार्तिक, ऋषभ पन्त, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, आर अश्विन, रवि बिश्नोई, कुलदीप यादव, भुवनेश्वर कुमार, अवेश खान हर्षल पटेल र अर्शदीप सिंह रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×