रोकियो ‘बाहुबली’को तेस्रो सिक्वल

भारत। दक्षिण भारतीय चलचित्र ‘बाहुबली’को दुई सफल सिक्वलपछी निर्देशक एसएस राजामौली र नेट्फ्लिक्सले संयुक्त रूपमा चलचित्रको तेस्रो भाग (प्रिक्वेल) बनाउने तयारी गरेका थिए। जुन चलचित्र नभई सिरिज थियो। हैदराबादको भव्य सेटमा यो सिरिजको सुटिङ पनि सुरु गरिएको थियो।

नेटफ्लिक्सलाई करिब १ अर्ब भारतीय रुपैयाँ खर्च गरेर बनेको यो सिरिज चित्त बुझेन। फरक निर्देशकसहित पुन: सुटिङ गर्ने भन्दै नेटफ्लिक्सले थप ५० करोड लगायो। देव कट्टाको निर्देशनमा सिरिजको धेरै भाग सुटिङ पनि भयो। जसमा ‘बाहुबली’की आमा शिवगामिनीको कथा प्रस्तुत गर्ने योजना निर्माण पक्षको थियो।

तर नेटफ्लिक्सलाई उनको काम चित्त नबुझेपछि रिभुदास गुप्ता र कुनाल देशमुखलाई निर्देशक लिएर पुनः निर्माण सुरु गरेको खबर सिने जगतमा आएको थियो। तर खबरका अनुसार हालका लागि नेटफ्लिक्सले यो सिरिजको काम बन्द गरेको छ। सिरिजको काम चलचित्र ‘बाहुबली’को जत्तिको नहुनु नै सिरिज रोकिनुको मुख्य कारण रहेको बुझिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×