काठमाडौँ - इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार पाँचौं जित निकालेको छ। बुधबार राति एस्टन भिल्लालाई २-१ ले हराएर आर्सनलले पाँचौं जित निकालेको हो।
आर्सनलका लागि ग्राबियल जिसस र गाब्रियल मार्टिनेलीले १-१ गोल गरे भने एस्टनका लागि डुग्लास लुइजले १ गोल गरेका थिए।
खेलको ३० औं मिनेट जिससले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए। ७४ औं मिनेटमा एस्टनका लुइजले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए ।त्यसपछि ७७ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई २-१ को जित दिलाएका थिए।
जितसँगै आर्सनलले प्रिमियर लिगमा ५ खेलबाट १५ अंक जोड्दै तालिकाको अग्रता जारी राखेको छ। समान खेलबाट १३ अंक जोडेको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ।