इलामको फिक्कलमा ‘सूर्योदय सडक महोत्सव’ गरी नयाँ वर्ष मनाइने

काठमाडौँ - नयाँ वर्षका अवसरमा आगामी वैशाख १ र २ गते इलामको फिक्कलमा तेस्रो ‘सूर्योदय सडक महोत्सव’ हुने भएको छ।

सूर्योदय होटल व्यवसायी सङ्घको आयोजना र आयाम युनाइटेड क्लब फिक्कलको आयोजनामा नयाँ वर्षका अवसरमा सडक महोत्सवको आयोजना गरिएको हो। सडक महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ। सूर्योदय नगपालिका प्रदेश नं १ सरकारले पर्यटकीय नगरीका रूपमा घोषणा गरेको छ।

सडक महोत्सवमा स्थानीय खानाका परिकारसहित ३५ वटा स्टल रहनेछन्। महोत्सवमा विभिन्न ब्यान्डसहितका कलाकारको प्रस्तुति रहने आयोजक सूर्योदय होटल व्यवसायी सङ्घका अध्यक्ष अभिषेक श्रेष्ठले बताए। उनका अनुसार महोत्सवमा नेवारी, राई र लिम्बू जातिका स्थानीय खानाका परिकार पर्यटकलाई चखाइनेछ। एक लाख ५० हजार पर्यटकले अवलोकन गर्ने लक्ष्य लिइएको उक्त महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

महोत्सव सञ्चालन गर्न रु. ३७ लाख खर्च हुने अनुमान गरिएको छ। गोर्खा ब्रुअरी (टुबोर्ग) को मुख्य प्रायोजन, सूर्योदय नगरपालिका र वडा नं १० को सहयोगमा सञ्चालन हुने महोत्सवमा स्थानीय कोसेलीसहितका स्टल रहनेछन्। सूर्योदय होटल व्यवसायी सङ्घका सचिव युवराज प्रधानले उक्त महोत्सवले सूर्योदयको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। विगतका दुई वर्ष कोरोना महामारीका कारण सञ्चालन हुन नसकेको बताउँदै यस वर्ष महोत्सव हुने हुँदा धेरैमा उत्साह थपिएको छ।

सडक महोत्सवले पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने आशा लिइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×