पीएसजीमै रहने नेयमारको चाहना, प्रशिक्षक भन्छन्ः नेयमारको भविष्य अन्योल

काठमाडौँ - फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा ब्राजिली स्टार फरवार्ड नेयमारको भविष्य रहस्यमै छ। एकातिर नेयमारले आफू पीएसजी नै बस्न चाहन्छ भन्ने पुष्टि गरेका छन्। तर, अर्कोतर्फ उनका प्रशिक्षक क्रिस्टोफ गाल्टिएरले उनलाई राख्ने कुनै आश्वासन दिएका छैनन्।

शनिबार जापानी क्लब उरावा रेड डाइमन्ड्समाथि पीएसजीको ३-० को जित निकालेको थियो। डाइमन्ड्सविरुद्ध प्रशिक्षक क्रिस्टोफे गाल्टिएरले पहिलो रोजाइमा केलियन एमबाप्पेलाई उतारेका थिए। दोस्रो हाफमा उनले लिओनल मेसी र नेयमारलाई मैदानमा पठाए। तर मेसी र नेयमारले गोल गर्न सकेनन्।

खेलपछि ब्राजिलियन खेलाडी र प्रशिक्षक गाल्टिएरसँग आरएमसी स्पोर्टले कुरा गरेको थियो। त्यसक्रममा प्रशिक्षक गाल्टिएरले नेयमारको भविष्यबारे आफूलाई केही थाहा नभएको बताएका थिए।

यता नेयमारले खेलपछि मिडियासँग कुरा गर्दै आफू क्लबमै बस्न चाहेको स्पष्ट पारेका थिए। उनका अनुसार क्लबले सम्भावित प्रस्थानको बारेमा केही पनि सूचित गरेको छैन।

‘म अझै पनि क्लबमा बस्न चाहन्छु। अहिलेसम्म क्लबले मलाई केही भनेको छैन। त्यसैले मलाई थाहा छैन कि मेरो लागि उनीहरूको योजना के हो,’ उनले भने।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×