चिसाेबाट बच्न कम्बल वितरण

डाेटी । जिल्लामा भएको हिमपातका कारण चिसो बढेपछि यहाँको दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडाका नागरिकलाई चिसोबाट जोगाउन न्यानो कम्बल वितरण गरिएको छ । चिसोको समयमा न्यानो कम्बल पाएपछि यहाँका विपन्न वर्गका नागरिकसहित एकल महिला निकै खुशी भएका छन् ।

कांग्रेसका नेता लक्ष्मण खड्काको सहयोग एवं लायन्स क्लब अफ धनगढीको आयोजनामा दिपायल सिलगढी नगरपालिका–४ का ८०, वडा नं ८ का ७०, वडा नं ६ का ७० जना एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ ।

नगरपालिकाका नौ वडामा रहेका नागरिकलाई चिसोबाट जोगाउनका लागि ६४० थान कम्बल तथा ३०० थान सल ल्याइएको र बाँकी रहेका वडामा केही दिनभित्रै वितरण गरिने योजना रहेको काँग्रेस उपसभापति विजय खड्काले जानकारी दिए।

प्रतिव्यक्ति एउटा कम्बल र न्यानो सलका दरले वितरण गरिएको छ । जाडोको समयमा वितरण गरिएका न्यानो कम्बलले यहाँका एकल महिला गरिब, विपन्न तथा ज्येष्ठ नागरिकलाई राहत पुगेको स्थानीयवासी बताउँछन् । 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×