डाेजरले किचेर ९ वर्षीय बालककाे मृत्यु

सिरहा । सिरहाको पूर्वपश्चिम राजमार्ग अन्तर्गत  धनगढीमाई नगरपालिका ९ मुसहर्नियामा डोजरले किचेर एक बालकको मृत्यु भएको छ ।

सडक निर्माण कार्यमा सम्लग्न चाइना रेलवे कम्पनीको डोडरले किचेर हिजाे अपरान्ह स्थानीय संदिप मोक्तानको ९ वर्षीय छोरा सिद्धार्थ मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएकाे छ।

प्रहरीका अनुसार सडक पेटिमै खेलिरहेका बालकको डोजर व्याक गर्ने क्रममा किचेर घटनास्थलमै मृत्यु भएको स्थानीय उमेश यादबले जानकारी दिनुभयाे । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको र चालक नियन्त्रणमा लिएको जनाएको छ ।

शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएकाे छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×