सन्दीपविरुद्धको मुद्दामा आज पनि सुनुवाइ

काठमाडौं - सन्दीप लामिछाने विरुद्धको नाबालिग बलात्कार मुद्दाको आज फैसला हुने सम्भावना रहेको छ।

जिल्ला अदालत काठमाडौंमा बुधबारदेखि पुनः सुरु भएको सुनुवाइ नसकिए पछि सो क्रम सकिएमा आजै फैसला हुने सम्भावना बढेको छ।

बुधबार पनि सुनुवाइ नसकिए पछि जिल्ला अदालतले मुद्दालाई बिहीबारसम्मका लागि हेर्दाहेर्दैमा राखेको लामिछाने बिरुद्धको मुद्दामा सम्भवतः आज फैसला हुने सक्ने आंकलन गरिएको छ।

बुधबारको सुनवाईमा वादी नेपाल सरकार जाहेरवालीको तर्फबाट हिजोसम्म १० जनाले बहस गरेका थिए।

बिहीबार ३ बजेसम्म बहस सक्ने तयारी भएको र त्यसपछि वादीका तर्फबाट जवाफी बहस सकाएर बिहीबार नै फैसला हुन सक्ने अनुमान गरिएको छ।

२०७९ भदौमा लामिछानेविरुद्ध नाबालिग बलात्कारको आरोप लागेपछि उनीविरुद्धको मुद्दा फैसलाको चरणमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×