जेसन होल्डरको कीर्तिमानी ४ विकेटको मदतले वेस्ट इन्डिज विजयी

काठमाडौँ। इंग्ल्यान्डविरुद्धको टी२० शृंखलाको अन्तिम तथा निर्णायक खेलमा वेस्ट इन्डिजका बलर जेसन होल्डरले कीर्तिमान बनाएर टीमलाई जिताएका छन्। १७ रनको यस जीतसँगै वेस्ट इन्डिजले ३–२ ले शृंखला हात पारेको छ। 

होल्डरले अन्तिम ओभरमा लगातार चार बलमा इंग्ल्यान्डका चारजना ब्याट्स्म्यानलाई आउट गरे पछि १७९ रन पछ्याइरहेको इंग्ल्यान्ड १९.५ ओभरमा १६२ रनमा अलआउट भयो। 

पाँच म्याचको शृंखलामा दुवै टीमले प्रतिस्पर्धात्मक खेल खेले। अन्तिम खेलको अन्तिम ओभरमा जीतका लागि इंग्ल्यान्डले २० रन बनाउनुपर्ने थियो। तर होल्डरले दोस्रो, तेस्रो, चौथो र पाँचौं बलमा विकेट लिएर वेस्ट इन्डिजलाई जिताए । 

होल्डर चार बलमा चार विकेट लिने वेस्ट इन्डिजका पहिलो बलर बनेका छन्। यसअघि अफगानिस्तानका राशिद खान, श्रीलंकाका लसिथ मलिंगा र आयरल्यान्डका कर्टिस काम्परले यो कीर्तिमान बनाएका छन् ।  

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×