स्कटल्याण्डलाई हराउँदै जिम्बावे टी-२० विश्वकपको सुपर १२ मा

काठमाडौँ - स्कटल्याण्डलाई ५ विकेटले हराउँदै जिम्बावे टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा पुगेको छ।

आज (शुक्रबार) भएको समूह बीको दोश्रो खेलमा स्कटल्याण्डले दिएको १३३ रनको लक्ष्य जिम्बावेले १८.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो। जिम्बावेलाई जिताउन जिम्बावेका ओपनर कप्तान क्रेग एर्विनले ५८ तथा सिकन्दर राजाले ४० रन बनाएका थिए।

एर्बिनले नले ५४ बलमा ६ चौका प्रहार गरेका थिए। अर्का ब्याटर सिकन्दर राजाले ४० रन बनाए। मिल्टोन सुम्बा ११ रनमा अविजित रहे। स्कटल्यान्डका लागि जोस डवीले २ विकेट लिएका थिए। बार्ड ह्वील, मार्क वाट, माइकल लिस्कले समान १ विकेट लिएका थिए।

त्यसअघि बेलरिव होर्बट ओभलमा टस जितेर ब्याटिङ रोजेको स्कटल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। स्कटल्याण्डका लागि ओपनर जर्ज मुन्सेले ५४ रन तथा कलुम म्यालियोडले २५ रन बनाएका थिए। जिम्बावेका लागि टेन्डाइ चतरा, रिर्चाड नर्गभाले समान २ विकेट लिएका थिए।

यो समूहबाट वेष्ट इण्डिजलाई हराउँदै आयरल्याण्ड तथा अर्को समूहबाट श्रीलंका र नेदरल्याण्ड्स यसअघि नै सुपर १२ मा पुगेका थिए। भारत, अफगानिस्तान, पाकिस्तान, इङ्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र बंगलादेशले भने सिधै सुपर १२ मा पुगेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×