ड्वेन जोनसन अभिनित 'ब्ल्याक एडम' चीनमा प्रतिबन्धित

काठमाडौँ - ड्वेन जोनसन अभिनित 'ब्ल्याक एडम' चीनमा प्रतिबन्धित गरिएको छ। फिल्मका अर्का कलाकार पियर्स ब्रोजननले तिब्बती आध्यात्मिक नेता दलाई लामालाई भेटेको प्रसंग बाहिरिएसँगै चीनले 'ब्ल्याक एडम' लाई प्रतिबन्ध गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

व्यावसायिक रुपले सफलता कमाइरहेको 'ब्ल्याक एडम'ले प्रदर्शनको दिनदेखि अहिलेसम्म २ सय मिलियन अमेरिकी डलर कमाइसकेको छ। तर, हलिउडका लागि सबैभन्दा ठूलो बजार मानिने चीनमा भने फिल्म प्रदर्शनमा आउने/नआउने अझै टुंगो भइसकेको छैन।

यसअघि फ्यान फोरमहरूमा यो फिल्म चीनमा प्रतिबन्धित गरिने हल्ला फैलिएको थियो। त्यसपछि फिल्मका लागि प्रदर्शन अनुमति नदिएको खबर बाहिरिएको द हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ। अभिनेता ब्रोजननले भने जिक्यूसँगको एक अन्तर्वार्तामा आध्यामिक नेता लामालाई भेटेको कुरा सुनाउँदै उनको प्रशंसासमेत गरेका थिए। यही कारणले नै यो फिल्मलाई प्रदर्शन अनुमति नदिइएको चर्चा चलेको छ। यद्यपि यसबारे कुनै आधिकारिक घोषणा सार्वजनिक भइसकेको छैन।

हरेक वर्ष चीनले विदेशी फिल्मको प्रदर्शनमा निश्चित संख्यालाई मात्रै प्रदर्शन अनुमति दिँदै आइरहेको छ। अधिकांश ठूला स्टुडियो यही सीमितताभित्र आफ्नो फिल्म पार्ने कोसिसमा रहने गर्छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×