प्रमुख पाँच दलविरुद्ध चौताराका स्वतन्त्र उमेदवारको उजुरी

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवार कुमार श्रेष्ठले प्रमुख पाँच दलविरुद्ध उजुरी दर्ता गराएका छन्। प्रमुख पाँच दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले उजुरी दर्ता गराएका हुन्।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीविरुद्ध उनले कार्यालयमा उजुरी दिएका हुन्। यी पाँच दलले सार्वजनिकस्थलमा ठूला ठूला तुल, ब्यानर र झण्डा राख्दै आचारसंहिता उल्लघंन गरेको आरोप लगाएका छन्।

यस नगरका एक्लो स्वतन्त्र उमेदवार श्रेष्ठले खानेपानीको धारा चुनाव चिन्ह पाएका छन्।

मुख्य निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले उजुरी परेको पुष्टि गरेका छन्। स्वतन्त्र उम्मेदवार कुमारले दर्ता गरेको उजुरीको दर्ता नं. ८ रहेको छ। यसअघि पनि कार्यालयमा उम्मेदवारको दाबी विरोध सम्बन्धी उजुरी परेको थियो।

‘प्रचार सामग्री हटाएर मात्रै नहुने र आचारसंहिता उल्लघंन गरेवापत दलले कानुन बमोजिम कारबाही भोग्नु पर्ने उम्मेदवार श्रेष्ठको भनाइ रहेको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×