थलापति विजयले लिए ‘बिस्ट’का लागि १०० करोड पारिश्रमिक

भारत। दक्षिण भारतीय कलाकार थलापति विजयको पछिल्लो चलचित्र ‘मास्टर’ निकै सफल रहेको थियो। चलचित्रले दर्शकहरुबाट धेरै माया पाएको थियो। कोभिडको पहिलो लहरपछि सन् २०२१ मा प्रदर्शनमा आएको चलचित्रले उत्कृष्ट कमाई समेत गरेको थियो।

‘मास्टर’पछि दर्शकहरु उनको आउँदो चलचित्र ‘बिस्ट’को प्रतीक्षामा रहेका छन्। खबरका अनुसार चलचित्रका लागि विजयले सय करोड रुपैंयाँ पारिश्रमिक बुझेका छन्। उनको यो पारिश्रमिक चलचित्रको आधाभन्दा बढी बजेट हो।

चलचित्र ‘बिस्ट’को घोषणा सन् २०२१ को मार्चमा गरिएको थियो। नेल्सन दिलीपकुमारको निर्देशन रहेको चलचित्रमा विजयसँग मुख्य भूमिकामा पूजा हेगडे रहेकी छिन्। एक्सन थ्रिलर विधाको यो चलचित्र यहि वर्षको १४ अप्रिलमा प्रदर्शनमा आउँदैछ। विजयले चलचित्र ‘मास्टर’का लागि ८० करोड पारिश्रमिक लिएका थिए।

‘बीस्ट’का निर्माताले थलापतिको पारिश्रमिक बारे कुनै पनि आधिकारिक पुष्टि नगरेतापनि अभिनेताले एक पत्रिकासँगको कुराकानीमा आफूले सय करोड पारिश्रमिक लिएको जनाएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×