काठमाडौं - कृषि बिकास बैंकको सञ्चालक समिती सदस्यमा महेश आचार्य नियुक्त भएका छन् । सकरारको मन्त्रीस्तरीय निर्णयानुसार कृषि बिकास बैंक बैंक संचालक समितिको संचालक सदस्यमा आचार्य मनोनयन भएका हुन ।
नवनियूक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत रहेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त संचालक सदस्य आचार्यलाई बैंक संचालक समिति बैठक नं.१०६७ का संचालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराएका हुन ।
उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा. राजेन्द्र प्रसाद मिश्र, गोविन्द भट्टराई , संजिव पौडेल, विनोद कुमार गुरांगाई, रिता सुवेदी कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग, बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिती रहेको थियो ।