काठमाडौँ - नेपाल एयरलाइन्सले काठमाडौँ–दिल्ली गन्तव्यमा दैनिक दुई उडान गर्ने भएको छ।
आगामी फागुन ३० गतेदेखि उक्त गन्तव्यमा दैनिक दुई उडान सञ्चालन गरिने निगमले जनाएको छ। भारतले आफ्ना सबै प्रकारका व्यावसायिक उडान खुला गरेसँगै निगमले दिल्लीका लागि दैनिक दुई उडान गर्ने भएको हो। अहिले भारतबाट एयर इण्डिया, इण्डिगो एयर र भिस्तारा एयरले काठमाडौँ गन्तव्यका लागि नियमित उडान गरिरहेका छन्।