कपिल र गरिमाको ’मलाई तिम्रो मुटुसरी’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं - गायक प्रवीण बेडवाल र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘मलाई तिम्रो मुटु सरी’ को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कपिल भट्टको शब्द, अर्जुन पोखरेलको संगीत, आदेश गुर्माचनको एरेन्ज र नरेश बिसीको मिक्सिङ तथा मास्टरिङ छ । 

गीतको भिडियोमा गरिश्मा शर्मा र कपिल भट्ट फिचर्ड छन् । भिडियोमा एक विवाहित जोडीको कृषि कर्मलाई देखाइएको छ ।

निकेश खड्काको कथा, कन्सेप्ट र निर्देशन रहेको भिडियोमा उत्तम हुमागाईंको छायांकन, अनिता ग्वाचाका मेकअप, भ्यालेन्टिनो बुटिकको पहिरन, सुदीप ढकालको प्रोडक्सन र विकास धमलाको सम्पादन छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×