‘एभेन्जर एन्डगेम’का निर्देशकको सिरिजमा जोडीइन् सामान्था

भारत। हलिउड चलचित्र ‘एभेन्जर एन्डगेम’का निर्देशक रुसो ब्रदर्सको सिरिजमा दक्षिण भारतीय अभिनेत्री सामान्था अनुबन्धित भएकी छिन्। निर्देशक राज एन्ड डीकेको निर्देशन रहने उक्त सिरिज अमेजन प्राइमबाट प्रसारण हुनेछ। यसअघि सामान्थाले राज एन्ड डीकेसँग सिरिज ‘फेमिलीमेन’मा काम गरिसकेकी छिन्। जसबाट उनले अवार्ड समेत पाएकी थिइन्। यहि सिरिजबाट बलिउड अभिनेता बरुण धवनले पनि ओटीटीमा डेब्यु गर्दैछन्। बरुण र सामान्था दुवै अन्तर्राष्ट्रिय जासुसको भूमिकामा देखिनेछन्। सिरिज आउँदो अप्रिल महिनाबाट अमेजन प्राइममा प्रसारण हुने सम्भावना रहेको छ। २०२२बाट छायांकन सुरु हुने सिरिजमा रिचर्ड मेडन र प्रियंका चोपडा पनि मुख्य भूमिकामा देखिनेछन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×