बागमती प्रदेश स्तरीय क्रिकेटको उपाधि मकवानपुरलाई

मकवानपुर - बागमती प्रदेश स्तरीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि मकवानपुर जिल्लाले हात पारेको छ। काठमाडौँमा आयोजना भएको बागमती प्रदेश स्तरीय प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा मकवानपुर विजेता बनेको हो।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको फाइनल खेलमा ललितपुरलाई २ विकेटले हराउँदै मकवानपुर बिजेता बन्यो।

टस जितेर पहिले ब्याटिङ गरेको मकवानपुरले ४० ओभरको गेममा ९ विकेटको क्षतिमा १ सय ५१ रन बनाएको थियो। यस्तै ललितपुरले १ सय ४९ रन बनाएको थियो। मकवानपुरलाई जित दिलाउन ५ विकेट लिएका मकवानपुरका पियुश शर्मा म्यान अफ द म्याच घोषित भएका छन्।

५ विकेट लिए बापत शर्मालाई मकवानपुरका पूर्व खेलाडी उत्सव सिग्देलले १३ हजार नगद प्रदान गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×