काठमाडौँ - बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शनिबार असबर्गको हातबाट आश्चर्यजनक १-० को हार व्यहोरेको छ।
यो नतिजापछि बायर्न लिग तालिकाको शीर्ष स्थानमा उक्लिन पनि असफल रहको छ।
असबर्गको जितमा मेरजिम बेरिसाले निर्णायक गोल गरेका थिए। उसको यो सिजन घरमा पहिलो जित पनि हो। बायर्न लिगका पछिल्ला ४ खेलमा जित प्राप्त गर्न असफल रहेको छ।
बायर्नको ७ खेलबाट १२ अंक रहेको छ।