चलचित्र ‘परदेशी– २’को पहिलो झलक सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र ‘परदेशी– २’को पहिलो झलक सार्वजनिक गरिएको छ। नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्रको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो। यो चलचित्र सन् २०१५ मा प्रदर्शनमा आएको चलचित्र ‘परदेशी’को सिक्वेल हो। 

चलचित्रमा प्रकाश सपुत, केकी अधिकारी, दिलीप रायमाझी, वर्षा सिवाकाटी,  निर शाह, सुशिल पोखरेल, सबिन बास्तोला, रमा थपलिया, भिमा मैनाली, रोशनी कार्की आदि कलाकारहरुको अभिनय रहेको छ। चलचित्रमा रमेश बिजिको कथा, नारायण रायमाझी र रमेश बिजिको पटकथा र सम्वाद रहेको छ भने रायमाझीको लगानी रहेको छ।

‘रिमा फिल्मस्’को ब्यानरमा निर्माण भएको चलचित्र आगामी दशैंमा प्रदर्शनमा आउने तयारीमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×