डि मारिया भित्र्याउने तयारिमा युभेन्ट्स

काठमाडौँ- इटालियन क्लब युभेन्ट्सले अर्जेन्टिनी फुटबलर एन्जल डि मारिया अनुबन्धको तयारी थालेको छ। ​युभेन्ट्सले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का विंगर तथा एट्याकिङ मिडफिल्डर  डि मारियालाई अनुबन्धको प्रस्ताव गरेको डेलीमेलले जनाएको छ।

क्लबले फ्री ट्रान्सफरमा उनलाई अनुबन्ध गर्ने योजना बनाएको हो।

युभेन्ट्सले उनीसँग एक वर्षको सम्झौताका लागि प्रस्ताव गरेको बताइएको छ। डि मारिया सन् २०१५ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट पिएसजी आएका थिए।

३४ वर्षीय डि मारियाले सिजनको अन्त्यसँगै पिएसजी छाड्ने तयारि गरेका छन्। उनले पिएसजीका लागि २९१ खेलमा ९१ गोल गर्नुका साथै ११७ गोलका लागि अवसर सिर्जना गरेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×