काठमाडौँ - जर्मन शीर्ष डिभिजनको फुटबल बुन्डेसलिगाको उपाधि दाबेदार बायर्न म्युनिख बराबरीमा रोकिएको छ।
शनिबार राति बायर्नकै मैदानमा सम्पन्न खेलमा बायर्न पाहुना टिम मोन्छेनग्लाडबाखसँग १-१ को बराबरीमा रोकिएको हो।
खेलको पहिलो हाफमा मार्कस थुरमले गोल गर्दै ग्लाडबाखलाई अग्रता दिलाएका थिए।
तर निर्धारित समयको ७ मिनेट बाँकी रहँदा बायर्नका लिरोय सानेले गोल गर्दै बायर्नलाई हारबाट जोगाएका थिए।