काठमाडौँ - नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’को ‘केटी को’ बोलको गीत सार्वजनिक भएको छ।
अमित त्रिवेदीको संगीत र इर्साद कमिलको शब्द रहेको गीतमा नकाज अजिजले स्वर दिएका छन्। गीतको भिडियोमा अमिताभ बच्चन, अनुपम खेर, डेनी डी र बमन इरानी देखिएका छन्। गीतको भिडियोमा चारैजना बलिउड स्टार नेपाली ढाका टोपी ढल्काएर नाचेका छन्।
गीतको सुरुमै ड्यानी डिले भन्छन्, ‘एकपटक तिमीहरू तीनजनासँग म आफ्नो बाल्यकाल फेरि जिउनु छ, जसरी पनि एकपटक एभरेष्टसम्म जानु छ।’
नेपालको सोलुखुम्बु र मुस्ताङमा करिब १ महिनाभन्दा लामो समय छायांकन भएको फिल्म यी ४ जनाका अलावा परिनीति चोपडा, नीना गुप्ता लगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ।