ग्रीस - ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनी कोभिड-१९ सङ्क्रमित भएका छन्।
‘म राष्ट्रपति र उहाँकी श्रीमतीलाई सङ्क्रमण बाट छिटो स्वास्थ्य लाभको कामना गर्दछु,’ मित्सोटाकिसले शनिबार ट्विटरमा लेखेका छन्। अघिल्लो दिन, राष्ट्रपति एर्डोगानले ट्विटरमा उनी र उनकी श्रीमती हल्का लक्षणहरू सहित सङ्क्रमित भएको उल्लेख गरेका थिए। राष्ट्रपति एर्दोगानले सङ्क्रमति भए पनि घरबाट काम जारी राख्ने जनाउनु भएको छ।
भूमध्यसागरमा क्षेत्रीय दाबी, अवैध आप्रवासन र साइप्रस मुद्दाका कारण हालैका वर्षहरूमा ग्रीस र टर्कीबीचको सम्बन्ध नराम्रोसँग बिग्रिएको छ।