'धेरैजसोले मलाई पहिलादेखि नै चिन्नुहुन्छ तर, पुष्पाले जे गर्यो त्यो एकदमै फरक भयो' :रश्मिका

काठमाडौँ - सन् २०१४ मा ‘टाइम्स फ्रेश फेस’को उपाधि जितेदेखि अमिताभ बच्चन, विजय थलपतिलगायत दिग्गज अभिनेताहरुसँग स्क्रिन सेयर गर्नेसम्मको अभिनेत्री रश्मिका मन्डनाको यात्रा हेर्दा कुनै चलचित्रको भन्दा कम छैन। सुपरहिट चलचित्र देखि ‘राष्ट्रिय क्रश’ रश्मिकाले एकपछि अर्को साउथ चलचित्रको सफलताको राज खुलाएकी छन्।
 
उनको मुख्य भूमिका रहेको चलचित्र ‘पुष्पा’लगायत त्यसपछि आएका दक्षिण भारतीय चलचित्रहरु ‘आरआरआर’, ‘केजीएफः च्याप्टर–२’ चलचित्रले पूरा भारत र विश्वबजारमै बक्सअफिसमा राम्रो उपस्थिति जनाएको थियाे। 

यही सफताबारे अभिनेता रश्मिका भन्छिन्, 'मलाई लाग्दैन कि यो रुची अचानक आएको हो। जब म उत्तर भारतको विभिन्न स्टेट जान्छु, त्यहाँका दर्शकले उहाँहले थुप्रै दक्षिण भारतीय चलचित्र हेरेको बताउनु भएको छ, अहिले त्यही चलचित्र उहाँहरुले ठूलो पर्दामा हेर्न पाउनुभएको छ'।

बलिउडलाई पनि उछिन्दै दक्षिण भारतीय चलचित्रले बाजी मार्न सफल भएको सफलताको राज खोल्दै रश्मिका भन्छिन्, 'धेरैजसोले मलाई पहिलादेखि नै चिन्नुहुन्छ। तर, पुष्पाले जे गर्यो त्यो एकदमै फरक भयो। पुष्पा, आरआरआर, केजीएफलगायत चलचित्रले मन जितेको छ। किनभने हामी आफ्नो लागि साँचो छौं र अझै पनि हामी दोस्रो व्यक्तिका लागि उनीहरुको भाषामा उपलब्ध गराइरहेका छौं। उहाँहरुले विषयलाई रुचाइरहनु भएको छ।' 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×