भारत। बलिउड अभिनेता अजय देवगन, राशि खन्ना, ईशा देओल अभिनित चलचित्र 'रुद्राः द एज फ डार्कनेस'को ट्रेलर सार्वजनिक गरिएको छ। हटस्टार स्पेशल यो चलचित्र सस्पेंस थ्रिलर विधामा आधारित रहेको छ। यो चलचित्र अजय देवगनको डिजिटल डेब्यू हो, जसमा उनीसँग दक्षिण भारतकी लोकप्रिय कलाकार राशि खन्ना पनि मुख्य भूमिकामा देखिनेछिन्। चलचित्रको ट्रेलर शेयर गर्दै अजय लेख्छन्, 'उज्यालो र अँध्यारोको बिचमा एक लाइन छ, जहाँ म बस्छु।'
ट्रेलर: