काठमाडौँ - विश्व नम्बर वान टेनिस खेलाडी सर्वियन नोभाक जोकोभिचले यूएस ओपन पनि गुमाउने भएका छन्।
यूएस ओपन यही अगष्ट २९ देखि अमेरिकामा सुरु हुँदैछ। तर २१ पटकका ग्राण्डसलाम विजेता ३५ वर्षी जोकोभिच भने सहभागी हुने छैनन्। सन् २०२१ अक्टोबरदेखि अमेरिकाले कोभिड भ्याक्सिन नलगाएकाहरुलाई देशमा प्रवेश गर्न दिइएको छैन।
भ्याक्सिन नलगाएकै कारण जोकोभिचले वर्षको पहिलो ग्राण्डसलाम अष्ट्रेलियन ओपन खेल्न पाएनन्। उनी अष्ट्रेलिया पुगेर पनि फर्कनुपरेको थियो. जोकोभिचले बिहीबार सामाजिक संजाल ट्वीटरमा युएस ओपनका लागि आफू न्युयोर्क भ्रमण गर्न नसक्ने बताएका हुन्।
जोकोभिचले अमेरिका जान नसक्ने बताए पनि उनले भ्याक्सिन नलगाएकोले खेल्न जान नपाएका हुन्। जसकारण जोकोभिचले अमेरिका जान अनुमति पाएका छैनन्।
जोकिभच यूएस ओपनको इन्ट्री लिस्टमा थिए र उनले अनुमति दिएमा आफू खेल्ने तयारी गरिरहेको जुलाई ३० मा बताएका थिए।