नेपाल १-० को गोल अन्तरले मोरिससविरुद्ध विजयी

काठमाडौँ। नेपालले १-० को गोल अन्तरले मोरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल जितेको छ। मंगलबार दशरथ रंगशालामा  भएको खेलमा नेपालका लागि १० औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल निर्णायक साबित भयो। मंगलबार दशरथ रंगशालामा भएको खेलको दोस्रो हाफ निकै तनावपूर्ण रह्यो ।

खेलको दोस्रो हाफमा मोरिससका दुई र नेपालका एक खेलाडीले रातो कार्ड पाएका थिए। यस्तै नेपाल र मोरिससका खेलाडीबीच तनाव उत्पन्न भएपछि मैदान प्रवेश गरेका नेपाली टोलीका म्यानेजर मधुसुदन उपाध्यायलाई समेत रातो कार्ड दिइएको थियो।

अफ्रिकी देश मोरिसससँग पहिलो पटक नेपालले मैत्रीपूर्ण खेल आयोजना गरेको हो। गत शनिबार भएको पहिलो खेलमा पनि नेपालले १-० को गोल अन्तरले जितेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×