भारत। भारतीय गायक आदित्य नारायणले अब ‘सा रे गा मा पा’ सञ्चालन गर्ने छैनन्। शो सकिनासाथ सञ्चालक आदित्य नारायणले सामाजिक सञ्जाल इंस्टाग्राममार्फत यो कुराको जानकारी दिएका हुन्। उनी निकै लामो समय देखि यो शोका सदस्य रहेका थिए। उनको यो निर्णयले उनका प्रशंसकहरू दुखि भएका छन्। आदित्य नारायणले इंस्टाग्राममा शोसँग सम्बन्धित आफ्ना सम्झनाहरू शेयर गर्दै शो छोड्ने घोषणा गरेका हुन्। उनले शोमा बिताएका समयका तस्विरहरू शेयर गरेका छन्।